१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले बाेलायाे साधारणसभा, बुकक्लाेज कहिले ?

१५ फागुन, काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ५६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १४ गते आइतबार बसेकाे बैठकले गरेको निर्णय अनुसार वार्षिक साधारणसभा चैत १० गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमौडौमा दिनको १२ः१५ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले साधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ । साथै, सभाले कम्पनी ऐन, २०६३को दफा १०५(१)को खण्ड (ख)बमोजिम ऋण सुविधा लिन स्वीकृतउपर छलफल गरी सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २६ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै कम्पनीकाे साधारण सभामा सहभागि हुन तथा लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १०:०३