२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

बालुवाटारमा आठ दलको बैठक जारी

१४ फागुन, काठमाडौँ ।  आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने निर्णयसँगै बनेको आठ दलीय गठबन्धनको बैठक  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेका हुन् ।

बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो विकसित घटनाक्रम, सत्ता साझेदारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा राष्ट्रपतिको निर्वाचनमा एक ठाउँमा उभिएका नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी उपस्थिति रहेकाे छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १८:५८