सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
१४ फागुन, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानकाे बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ।
आइतबार भएको सुनुवाइमा प्रतिवादी लामिछानेका तर्फबाट केही कानून व्यवसायीले बहस बाँकी नै रहेकाले आज उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा तोकिएको पेशीका क्रममा आज सरकारी पक्षबाट तथा लामिछानेका तर्फबाट केही कानून व्यवसायीले बहस गरेका थिए ।
लामिछानेले विदेशमा आयोजना भइरहेको क्रिकेट लीगमा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएकोमा गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अग्राधिकार दिएर आजका लागि संयुक्त इजलासमा पेशी तोक्न आदेश गरेको थियो ।
उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्नेगरी दिएको आदेशविरुद्ध सरकारले सर्वोच्च अदालतमा गरेको पुनरावेदनको निवेदन तथा लामिछानेले यूएई जान पाऊँ भन्दै दिएको निवेदन समेत साथै राखी आज सुनुवाइ भएको हो ।
लामिछानेमाथि नाबालिग बलात्कारको अभियोग लागेको छ । उक्त मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
प्रकाशित मिति : February 26, 2023 at 5:33 pm









