५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

१४ फागुन, लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ । झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्ने छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो ।

प्रकाशित मिति : 16:22