१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

१४ फागुन, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी रहमानको शनिबार हृदयाघातका कारण ६३ वर्षको उमेरमा निधन भएको थियो ।

दिवङ्गत सांसद रहमानको आत्माको चीरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १५ गते दिउँसो १२ बजेर ३१ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १४:५१