२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राप्रपा बागमती प्रदेश सरकारबाट बाहिरियाे

१३ फागुन, हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेशसभाकाे शनिबार बसेको बैठकको  विशेष समयमा बोल्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले आजै राजीनामा पत्र मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष बुझाउने बताएका छन् ।

खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका हुन । बागमती प्रदेशको ११० प्रदेश सभा सदस्यमध्ये राप्रपाको १३ सिट रहेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १९:३०