१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

अष्ट्रेलियामा एजकेयर कामदारको जुन ३० बाट तलब बृद्धि हुने

१३ फागुन, एडिलेड । फेयर वर्क कमिशनले वृद्धवृद्धा हेरचाह गर्ने कामदारहरूलाई १५ प्रतिशत तलब वृद्धि गर्ने निर्णयको घोषणा गरेको छ । यस वर्षको जुन ३० देखि १५ प्रतिशत तलब वृद्धि हुनेछ । लाईफ सटाईल सहायकहरू, हेरचाहकर्ताहरू, हेड शेफहरू र कुकहरूसँगै तलब वृद्धि प्राप्त गर्नेछन्, तर फेयर वर्कले अझै अन्य सहयोगीलाई समावेश गरेको छैन ।

युनाइटेड वर्कर्स युनियनले गत बर्ष देखि २५% तलव वृद्धिका लागि आन्दोलनरत रहेको थियो । युनियन सदस्यहरुले आवाज उठाएर फेयर वर्कलाई देशव्यापी रूपमा दवाव दिएको युनाईटेड वर्कस युनियन निर्देशक क्यारोलिन स्मिथले बताएकी छन् ।

उनले निर्णय अझै पर्याप्त नभएको तर यसले फेयर वर्कले वृद्धाश्रममा काम गर्ने कामदारहरूको कुरा सुन्न थालेको समेत बताएकी छन् । उनले पूर्ण २५% को लागि र सफाई, खानपान र मर्मतसम्भार कर्मचारी लगायत प्रत्येक वृद्ध हेरचाह कर्मचारीहरुलाई दिइने तलब वृद्धिको लागि निष्पक्ष कार्य आयोगमा लडाई जारी राख्ने बताएकी छन् ।

यसै गरि युनियनका अगुवा रज्नेश श्रेष्ठले अष्ट्रेलियामा धेरै नेपालीहरु बृद्धाश्रमहरुमा काम गरिएकाले यो तलब बृद्धिले नेपालीहरु समेत बढि प्रभावित हुने बताएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १३:२४