२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सभामुखद्वारा सरकारलाई रुलिङ

१२ फागुन, काठमाडाैं । सभामुख देवराज घिमिरले सांसदहरूले प्रतिनिधिसभाका विभिन्न बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरले सदनका विभिन्न बैठकमार्फत सांसदहरूले समसामयिक र जनसरोकारका विषयमा उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन् । प्रतिनिधिसभाको सधैँ जसो बैठकमा सांसदहरूले जनसरोकारका विषयमा प्रश्न गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आइरकेका छन ।

प्रकाशित मिति : February 24, 2023 at 5:47 pm