१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाल टेलिकमले माग्याे ७३ जना कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

१२ फागुन, काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि ७३ जना कर्मचारीको माग गरेको छ । नेपाल टेलिकमले आज एक सूचना प्रकाशित गरी विभिन्न १३ पदका लागि जुनियर टेक्निसियन (तह ३) देखि उपप्रबन्धक पद (९ तह)सम्म ७३ जनाका लागि दरखास्त आह्वान गरेको हो।

कम्पनीले निर्देशक तह ११ का लागि ४ जना, प्रबन्धक तह १० का लागि ८ जना, प्रबन्धक तह १० सिभिलमा १ जना, तह १० प्रबन्धक प्रशासनमा १ जना, तह १० प्रशासनमा लेखामा २ जना माग गरेको छ ।

त्यस्तै, तह ९ उप प्रबन्धक टेलिकम, लेखा प्रशासन गरी १३ जना, तह ८ वरिष्ठ तर्फ इन्जिनियर, लेखा, प्रशासक र व्यापार गरी ११ जना, तह ७ अधिकृतमा प्राबिधिक, लेखा, प्रशासान र व्यापार गरी ३५ जना माग गरेको छ । साथै, तह ६ सहायकमा प्रशासा, लेखा र व्यापार गरी ११ जना, सिनियर र वरिष्ठ गरी टेक्निसियन तह ५ तर्फ १३ जना, टेक्निसीयन तह ४ र जुनियर टेक्निसीयन तह ३ गरी ६ र ८ जना माग गरिएको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यी पदमा २ चैतसम्म आवेदन दिने सकिने छ । दोब्बर दस्तुर तिरेर ९ चैतसम्म आवेदन दिन सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : February 24, 2023 at 2:23 pm