२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

साउथ अष्ट्रेलियाको मोर्गेज ब्रोकर अफ दी एयर अवार्ड कुवेरका विपिन जोशीलाई

१२ फागुन, अष्ट्रेलिया । रेट माई एजेन्टले सार्वजनिक गरेको साउथ अष्ट्रेलियकाको `मोर्गेज ब्रोकर अफ दी एयर अवार्ड´ कुवेर फाइनान्सका विपिन जोशीले जितेका छन् । भने जोशी अष्ट्रेलिया भरिमा उत्कृष्ट २० भित्र पर्न सफल भएका छन् ।

रेटमाई एजेन्ट, एजेन्ट अफ द इयर अवार्डहरू अष्ट्रेलियाको सबैभन्दा ठूलो रियल इस्टेट अवार्ड हो । जसले देशभरका ३६ हजार एजेन्सीहरू र मोर्टगेज ब्रोकरहरूको तुलना गर्दछ। तिनीहरूले अष्ट्रेलियाका प्रत्येक राज्यका साथै राष्ट्रिय स्तरमा अग्रणी धितो दलालहरूलाई हाइलाइट गर्छन्।

अष्ट्रेलियाको घर जग्गा उद्योगका लागि एक मात्र प्रमुख ग्राहक छनौट पुरस्कारहरू हुन्। यो अर्वाड एजेन्टहरुले प्रदान गर्ने सल्लाह, समय , उपयोगिता, गुणस्तरीय सेवाका आधारमा ग्राहकले दिने प्रतिक्रियाको आधारमा छनौट गरिन्छ ।

प्रत्येक वर्ष अष्ट्रेलियामा शीर्ष बिस मोर्गेज ब्रोकरहरू र प्रत्येक राज्यका शीर्ष पाच मोर्गेज ब्रोकरहरुको नाम सार्वजनिक गर्छ । साउथ अष्ट्रेलियका उत्कृष्ट पाचमा कुवेरका जोशी सहित लोन सोलुसनका अशोक अधिकारी समेत नेपाली मुलका व्यवसायीहरु रहेका छन् । अष्ट्रेलियाका उत्कृष्ट २० मा नेपाली मुलका साउथ अष्ट्रेलियाका विपिन जोशी, अशोक अधिकारी र एनएसडव्लुका बिष्णु हमाल पर्न सफल भएका छन्।

अष्ट्रेलियाको `मोर्गेज ब्रोकर अफ दी अवार्ड´ भने ग्रीम होल्मले जितेका छन् । जोशी २००८ मा अध्ययनको शिलशिलामा अष्ट्रेलिया आएर अध्ययन पछि व्यवसायमा संलग्न भएका हुन् । उनले २०१५ यता ७०० भन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिएका छन् । दैनिकी संग कुरा गर्दै आफु पुरस्कृत भएर थप प्रेरणा मिलेको र अरु अष्ट्रेलियाका यहाका पुराना व्यवसायी संग प्रतिस्पर्धा गरेर अगाडि आउदा गर्वको महशुस गरेको बताए । उनले आफ्ना सेवाग्राहीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : February 24, 2023 at 1:35 pm