२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

एमाले अध्यक्ष ओलीसँग भेट्ने प्रधानमन्त्री प्रचण्डको तयारी, छलफल होला कि निर्णय सुनाउलान ?

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज एक पटक कुरा गर्ने भएका छन । प्रचण्डले बिहीबार माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसहितको बैठक सकिएपछि शुक्रबार एमाले अध्यक्ष ओलीसँग कुरा गर्ने बताएका थिए । उक्त बैठकले माधवकुमार नेपाल राष्ट्रपति बन्नुपर्ने निष्कर्ष निकालेको नेताहरूले बताएका थिए । यता एमालेले त्यसअघि नै पार्टी एमालेमा विलए गराएर उनै नेपाललाइ राष्ट्रपति बन्न प्रस्ताव गरिसकेको छ ।

तत्काली ओली सरकार अपदस्थ गर्न सर्वोच्चबाट जारी भएको परमादेशका प्रस्तावकर्ता न्यायाधीश इश्वर खतिवडाको विज्ञप्तिपछि नेपाली कांग्रेससहितको परमादेशी गठबन्धनको बैठक स्थगित गरेका प्रचण्डले शुक्रबार ओलीसँग अन्तिम वार्ता गर्न लागेका हुन । उनले ओलीसँगको भेटमा परमादेशको ऋण चुक्ता गर्नेगरी त्यसको डिजाइनर मध्येका एक भनेर आरोप लागेका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति बनाउनका लागि दिएको दबाब लगाएको विषयमा कुरा गर्न सक्ने अनुमान गरिएको छ ।

माओवादी स्रोतले पहिलो चरणमा राष्ट्रपतिको चुनावमा तीन जना उम्मेदवार हुने सम्भावना बढेको जनाएको छ । कांग्रेसको छुट्टै, एमालेको छुट्टै र माओवदाीसहितका दलहरूको तर्फबाट एक जना गरेर तीन जना उम्मेदवार हुने सम्भावन बढेको बताएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ०९:२८