२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव

९ फागुन, काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई बनाउन प्रस्ताव गरेको छ । लाेसपाका नेताहरूले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव राखेका हुन् ।

नेता राजेन्द्र महतोले भने, ’प्रधानमन्त्रीलाई हामीले राष्ट्रपतिको उम्मेदवारी राष्ट्रिय सहमतिको गर्ने राम्रो विचार हो, अहिलेको अवस्थामा राष्ट्रिय सहमतिकै उम्मेदवार उपयुक्त हुन्छ । हामीलाई तपाईंको विचार उपयुक्त लागेको छ र यो राष्ट्रिय सहमतिको पात्र महन्थ ठाकुर पनि हुन सक्नुहुन्छ भन्यौं । ठाकुरको नाउँमा सहमति गराउन सजिलो होला कि भनेर हामीले उहाँलाई आग्रह गरेका थियौं ।’

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १८:०७