३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

एमालेकाे मिसन ग्रासरुट अभियानः केही नेताहरू विदामा, पार्टीद्वारा वैकल्पिक व्यवस्था

८ फागुन, काठमाडाैं । नेकपा (एमाले) को दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ मा पार्टीका १० जना केन्द्रीय नेताहरू स्वास्थ्य अवस्था, विरामी लगायतका विविध कारण सहभागी नहुने भएपछि उनिहरूलाई तोकिएको जिम्मेवारीमा पार्टीले अन्य नेताहरूलाई खटाएको छ ।

अभियानमा सहभागी हुन असमर्थ नेताहरूलाई माग बमोजिम विदा दिई पार्टीले अन्य नेताहरूलाई ती पालिकामा खटाएको हो । अभियानमा सहभागी हुन नसक्ने नेताहरूमा पोलिटव्यूरो सदस्य दलबहादुर राना, सीता गिरी ओली, केन्द्रीय सदस्यहरू उमा कोइराला, डम्बरसिंह सम्वाहाम्फे, तारादेवी गुरूङ, तारादेवी राई, नैनकला ओझा, पार्वती रावल, रामलाल साह, सरस्वती बस्नेत छन् ।

पार्टीले प्रदेश–१ मा ‘मिसन ग्रासरुट’ अभियानमा जिम्मेवारी तोकिएका नैनकला ओझाको ठाउँमा सुवोधराज प्याकुरेल, तारादेवी राईको सट्टामा जसमाया गजुरेल, रामलाल शाहको ठाउँमा विमल कार्की, तारा गुरूङको सट्टामा शैलेस लामा र केही समयका लागि विदा लिएका विनोद ढकाललाई जिम्मवारी दिइएको पालिकामा घनश्याम खतिवडालाई खटाइएको छ । त्यस्तै, धनकुटामा मानवीर राईलाई जिम्मेवारी तोकिएको पालिकामा पीके राईलाई खटाइएको छ ।

यसैगरी कतिपय नेताहरूकाे जिम्मेवारी एकापसमा सट्टापट्टा भएको छ । त्यसरी जिम्मेवारी सट्टापट्टा गर्नेहरूमा देवेन्द्र दाहाल र रोमनाथ ओली तथा जितु गौतम र श्रीप्रसाद जवेगु छन् । विदा बसेका अन्य प्रदेशका नेताहरूका ठाउँमा पार्टीले छिट्टै वैकल्पिक व्यवस्था गर्ने जनाएकाे छ । केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी छाडेकाले अभियानको जिम्मेवारीबाट उनि मुक्त भएकाे एमालेले जनाएकाे छ ।

प्रकाशित मिति : February 21, 2023 at 3:00 pm