२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

माओवादीमा राष्ट्रपतिबारे निर्णय लिने अधिकार प्रचण्डलाई

८ फागुन, काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिको विषयमा अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा साेमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय लिने अधिकार प्रचण्डलाई दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने विषयमै छलफल भएको प्रवक्ता महराले बताए । बैठकपछि उनले भने, ‘हामीले कुनै व्यक्तिका विषयमा छलफल गरेनौं । राष्ट्रिय सहमतिकै खोजी गर्नेमा सहमत भयौं ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १९:५६