२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

दुर्गा प्रसाईंले एमाले छाडे, आजै राजिनामा बुझाउने

७ फागुन, काठमाडाैं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । उनले आफू एमालेबाट अलग भएको बताएका छन् । चर्चित व्यवसायीसमेत रहेका प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो ।

तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएकाे घाेषणा गरेका हन् । उनले आजै पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने बताएका छन्।

प्रसाईलाई एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट रहेका उनी अहिले पूर्वराजा ज्ञानेन्द्र शाहसँग नजिकिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार १६:५५