५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्छ: अध्यक्ष ओली

७ फागुन, विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘अहिलेसम्म राष्ट्रपतिको बारेमा मैले कसैको नाम लिएको छैन । मैले १३ गतेमात्रै नाम लिन्छु र नाम दिन्छु । हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। ‘

अध्यक्ष ओलीले एमालेले उठाएको राष्ट्रपतिलाई माओवादी केन्द्रले भोट हाल्दैन भन्ने परिकल्पना समेत गर्न नसकिने बताए । उनले भने, ‘हामी उम्मेदवार उठाउँछौं त्यसमा सबैको सहमति हुनुपर्छ। माओवादी केन्द्रले साथ नदिने भन्ने कुरै छैन ।’

अहिलेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनलाई लिएर फेरबदल नहुने प्रस्ट पार्दै सहमतिमै राष्ट्रपतिको निर्वाचन हुने ओलीले दाबी गरे ।

प्रकाशित मिति : 14:28