२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

नेपाल बैंकको ६ महिनाको खुद नाफा डेढ अर्ब


२७ फागुन, काठमाडौँ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा डेढ अर्ब रुपैयाँ नाफा कमाएको छ । ५८ औँ वार्षिक साधारण सभाका अवसरमा भएको कार्यक्रममा बैंकले पहिलो ६ महिनामा एक अर्ब ६३ करोड ८५ लाख नाफा कमाएको जानकारी दिएको हो ।

त्यस्तै बैंकको जगेडा तथा कोषमा गएको असारको तुलनामा अहिले ४८ दशमलब ०६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै साधारणसभाले चालु आर्थिक वर्षमा १ अर्ब ७६ करोड ८४ लाख बराबरको एफपीओ जारी गर्ने भन्दै त्यसका लागि गृहकार्य अघि बढाउन संचालक समितिलाई निर्देशन दिएको संचालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बताए ।

१९९४ सालमा स्थापित बैंकले अहिले देशका ५४ जिल्लामा १३५ शाखा ११ एक्सटेन्सन काउन्टर र ५४ वटा एटीएममार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा र्पुयाइरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार ०५:४७

https://srdb.com.np/