११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

नेप्सेमा २ कम्पनीकाे बाेनस सेयर सूचिकृत, कुनकाे कति कित्ता ?

५ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा राधी विद्युत कम्पनी लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको हाे ।

१) हिमालयन बैंक लिमिटेड

नेप्सेमा हिमालयन बैंक लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे एक कराेड ३ लाख ७४ हजार ९ सय ८० दशमलव ५८ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

२) राधी विद्युत कम्पनी लिमिटेड

नेप्सेमा राधी विद्युत कम्पनी लिमिटेडकाे ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ५९ हजार ९ सय ९० दशमलव ८४२ कित्ता सेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् यी कम्पनीकाे सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्ने छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १३:४४