नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
३ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएकाे छ । नेप्सेमा अपी पावर कम्पनी र उपकार लघुवित्तको सेयरमूल्य समायोजन भएकाे हाे । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
१) उपकार लघुवित्त
नेप्सेमा उपकार लघुवित्तकाे ७.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २६६ रुपैयाँ ५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य २८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हाे ।
२) उपकार लघुवित्त
नेप्सेमा उपकार लघुवित्तकाे ६१.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २ हजार ३१० रुपैयाँ ३६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य ३ हजार ७३७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हाे । सोही मूल्यको आधारमा बिहीबारदेखि यी कम्पनीहरूकाे काराेबार खुला हुनेछ ।
प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १७:०४














