१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

लक्ष्मी लघुवित्तले बाेलायाे साधारणसभा, लाभांश सहित यी प्रस्ताव पारित हुने

३ फागुन, काठमाडाैं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । संस्थाको फागुन २ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २९ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाचन गर्नुका बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम संस्थाको संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने, अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : February 15, 2023 at 10:27 am