१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

छुट्ला है ! आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२ फागुन, काठमाडाैं । आत्मनिर्भर लघुवित्तको आइपीओमा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेकाे छ । लघुवित्तले गत माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।

संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको छ। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन्।

लघुवित्त संस्थाले सर्वसाधारणका लागि भने फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ।

प्रकाशित मिति : February 14, 2023 at 9:58 am