२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमालेकाे २ महिने मिसन ग्रासरुटः सातै प्रदेशमा फिल्ड कमाण्डर र अनुगमनकर्ता तोकिए, काे कहाँ ?

१ फागुन, काठमाडौं । नेकपा (एमाले) को ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान यही फागुन ५ गतेबाट शुरू हुँदै छ ।

अध्यक्ष केपी शर्मा ओलीले अभियान शुरूको दिन फागुन ५ गते १२ः१५ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पार्टीका करिब ९ लाख संगठित सदस्यसहित देशभरका लाखौं कार्यकर्ताहरूलाई एकैपटक सक्रिय गराउन एमालेले २ महिने अभियान थाल्न लागेकाे हाे । फागुन २ गते फिल्डमा खटिने केन्द्रीय सदस्यहरूलाई आ-आफ्नो प्रदेशमा अभिमुखीकरण गरेर सो अभियान अघि बढ्ने भएको छ ।

केन्द्रीय सचिवालयको बैठकको निर्णयअनुसार सातजना सचिवलाई सात प्रदेशको फिल्ड कमाण्डर तोकिएको छ । समग्र कामको अनुगमन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरूलाई प्रदेश तोकेर अनुगमनको जिम्मा दिइएको छ ।

हरेक केन्द्रीय सदस्य गाउँपालिका तहसम्म खटिने र जुन जिल्लाको हो त्यसभन्दा बाहिर अर्को जिल्लामा खटाइने एमालेले योजना बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले फिल्ड कमाण्डरहरूलाई डायरी र कलम सँगै लिएर पार्टीका तलसम्मकै कार्यकर्ता तथा कमिटीका समस्याहरू टिपेर ल्याउन भनेका छन् ।

मूलतः केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको हाे । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिने भएका छन् ।

कुन प्रदेशमा को ?

प्रदेश–१ 

अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की

मधेश प्रदेश

ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बाग्मती प्रदेश

सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश

युवराज ज्ञवाली, पदमा कुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश

रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे

कर्णाली प्रदेश

सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी

सुदूरपश्चिम प्रदेश

विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा

विशेष कमिटी (केन्द्रीय कार्यालय)

शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी हुनुहुन्छ ।
अभियानमा खटिनुहुने कमरेडहरूको नामावली यस प्रकार छः

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १७:५५