१ असार २०८३, सोमबार | Mon Jun 15 2026

सहिदको फोटो झुण्ड्याइ रातो टिका लगाएर मुठ्ठी ठाडो बनाउँदैमा देशभक्ति हुँदैन कमरेड

१ फागुन, काठमाडौँ । सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेपछि त्यसको पक्ष र विपक्षमा अनेक प्रतिक्रिया सार्वजनिक भएका छन । नेकपा माओवादी केन्द्रका धेरैजसो नेता कार्यकर्ताले जनयुद्ध दिवस मनाउने कुराको खुलेर प्रशंशा गरेका छन भने सार्वजनिक विदाको स्वागत गरेका छन । तर कतिपय जनयुद्धका घाइते र बालसेनाहरूले भने त्यसमा असन्तुष्टि व्यक्त गरेका छन ।

यस्तै मध्येमा जनयुद्धकै कान्छो मध्येका सेना (बाल सेना) जनकराज ढुंगाना कालुले सहिदको फोटो झुण्ड्याइ रातो टिका लगाएर मुट्ठी डाडो बनाउँदैमा देशभक्ति नहुने भन्दै सच्चिएर अघि बढन नेतृत्वलाई आग्रह गरेका छन । उनले फागुन १ गते आफ्नो जीवनका लागि नमिठो र तितो दिन रहेको भन्दै यसले आफूलाई चिथोर्ने र चिमोट्ने बताएका छन ।

ढुंगानाले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका छन

केही लठुवाहरू फेरि मैले आफ्नै फोटो बेच्यो भन्लान त्यसमा मलाई कुनै आपत्ति छैन ! फाल्गुन एक मेरो जीवनमा एक तितो दिन हो यो दिनले मलाई चिथोर्ने चिमोटने गर्छ !

माओवादी आज जनयुद्ध दिवस भनेर मनाउदै छ तर त्यसको परिभाषा अब परिवर्तन भयो त्यो फगत हिंसात्मक आन्दोलन थियो त्यसले देशमा केही देखाओटी परिवर्तन त देखायो धर्म निरपेक्षता, संघीयता यो अब नेपालको उपलब्धि होइन काउसो हुने पक्का भयो । हिंसात्मक आन्दोलनले स्थायी परिवर्तन हुँदैन भन्ने प्रमाणित भयो त्यसैले माओवादी आन्दोलनले देश परिवर्तन भयो भन्ने कुरा गलत सावित हुँदैछ !

माओवादी आन्दोलनको नेतृत्व गर्ने हरुलाई नेपाली जनताको आँशु र १५००० बढ़ीको रगत ले पोल्दै छ त्यसैले बेलैमा बुद्धि फिरोस शाहिद नामको फ़ोटो भित्तामा झुन्डाएर निधारमा रातो टिका लगाएर डेढ़ पाउको मुट्ठीलाई ठाडो बनाउदैमा त्यो देशभक्ति हुँदैन ।

त्यो बेलाको म जस्तो लाखौँ सिपाही को व्यवस्थापन, सिंदूर पूछिएकाहरूको सिउँदो, सन्तान गुमाएका बाबू आमाको सपना, टुहुरा संतानको पीड़ा माथि मलम लगाउने भन्दा पनि अन्तत्वगोत्वा त्यो जनयुद्ध नभएर रगतको होली पाछिको धनयुद्द सावित भयो ।

रुख र सूर्य मा भोट हालेर अब मलाई गाली गर्न बेर छैन माओबादी साथीहरु ले बिचार को राजनीति बाट स्खलित भएको कालू भनेर ।

प्रकाशित मिति : February 13, 2023 at 11:20 am