१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सवारी ट्रयालमा ७० अंकको व्यवस्थाः दुर्घटना बढाउन सहयोग पुग्ने त हैन ?

२८ माघ, काठमाडाैँ । आउँदो फाल्गुन १ गतेबाट सवारी लाचक अनुमति पत्र लिन ७० अंक ल्याए ट्रायाल परिक्षा उर्तिण हुने व्यवस्था गरिदै छ । दुर्घटनाबाट दैनिक ६ देखि ७ जनाको मृत्यु भइरहेपनि लाईसेन्स परिक्षालाई कसिलो बनाउनुको सट्टा झन खुकुलो बनाउन लागिएको भन्दै कतिपयले बिरोध जनाएका छन । यसैपनि दुर्घटना रोक्न नसकिरहेको वेला सवारी चालक अनुमती पत्र सिम कार्ड जसरी बाढ्न थालेपछि दुर्घटना बढ्ने सवारी विज्ञ विमल बन्जाडेले बताउँछन ।

यसै पनि सडकमा सवारीको नियमन हुन सकेको छैन बन्जाडेले भने “ सिम कार्ड जसरी लाईसेन्स बाडेर दुर्घटना बढाउन आफै उद्यत हुनु सरकारको गैर जिम्मेवारीको पराकाष्ट हो ” यो निर्णय तत्कालै सच्चाउन आवश्यक छ । नयाँ कार्यविधि जो कोही सजिलो पास हुन सक्छन् ।

कसरी ?

टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंङ्क मात्रै घट्छः पास भइन्छ

ट्राफिक संकेतको पालना नगरेमा १५ अंङ्क मात्रै घट्छः पास भइन्छ

अस्वभाविक गतिमा वा अंसयमित रुपमा सवारी चलाएमा ३ अंङ्क मात्रै घट्छः पास भइन्छ ।

जस्ता सुकै गम्भिर गल्ती गर्दा पनि सजिलै सवारी चालक अनुमती पत्र दिन सरकार किन हतारो ग¥यो छ । यसका पछाडी तीन वटा मूख्य कारण रहेका छन् –

१. कर्मेचारीतन्त्रले समसामहिक सुधार गरेको भनेर राजनीतिक नेतृत्वलाई आँखामा छारो हाल्यो ।

२. नेपाल सरकारका सचिव सहसचिवहरुका छोरा छोरी पढ्नका लागि अमेरिका अष्ट्रेलिया जान ट्रयाल पास गर्न नसेर रातारात ७० अंकको व्यवस्था गरियो ।

३. ट्रयाल बाट रकम खान पल्केका सरकारी कर्मेचारीले आफनो जतविज अनुसार गर्ने पाउँने छन् । सरकारी कर्मेचारीले सिम कार्ड जसरी विक्री गर्ने पाउँने ठाउँ भएको छ । यता ट्राफिक प्रहरीले नयाँ व्यवस्था कार्यान्वयन गर्ने अनिच्छुक देखिएको छ ।

ट्राफिक प्रहरी अनिच्छुक 

ट्राफिक प्रहरीका केही उच्च अधिकृतले नयाँ व्यवस्थाले दुर्घटना बढाउने बताएपनि भौतिक मन्त्रालका सचिव सहसचिवहरुको दबाबमा लागु गर्न लागिएको छ । यस अघि बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले नागरिकको ज्यान संग खेलबाड गर्न कार्यविधि सच्चाउन माग गरेपनि कर्मेचारीले  नमानेको बताइएको छ । हालै गठन भएको बागमती प्रदेश सरकारले वास्तविकता नबुझी वाहीवाही पाउन कार्यान्वयन गर्ने अग्रसर भएको छ । यसको दुरगामी प्रभाव आगामी दिनमा देखिनेनै छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार २२:५३