१ असार २०८३, सोमबार | Mon Jun 15 2026

तस्बिरमा हेर्नुहोस् राष्ट्रपति निवासमा आयोजित दिवा भोज र सहभागी नेताहरू

२८ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभामा संयुक्त सम्बोधन गरेको भोलिपल्ट शनिबार सम्पूर्ण सांसद र संवैधानिक निकायका प्रमुखहरूका लागि दिवा भोज दिएकी छिन । कार्यकालको अन्तिम चरणमा रहेकी भण्डारीले शनिबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू र संवैधानिक निकायका प्रमुखहरूलाई शितल निवासमै बोलाएर दिवा भोज दिएकी हुन ।

भोजमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली माधवकुमार नेपाल लगायत सबैजसो सांसदहरू सहभागी रहेका छन । उनीहरूका लागि दिवा भोज अघि सशस्त्र प्रहरीका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । तस्बिरः प्रदिवराज वन्त

प्रकाशित मिति : February 11, 2023 at 5:12 pm