३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

राष्ट्रपतिकाे गरिमा थाम्न राजनीतिक ब्यक्तित्व नै चाहिन्छः झलनाथ खनाल

२८ माघ, काठमाडाैं । पुर्व प्रधानमन्त्री पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वतन्त्र ब्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने बताएका छन् ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा एकीकृतका सम्मानित नेता खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने टिप्पणी गरेका हुन्।

‘स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्,’ खनालले सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपतिमा राजनीतिक ब्यक्तित्व नै चाहिन्छ ।’ संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा मात्र सहमति कायम हुनसक्ने उनको भनाई छ ।

प्रकाशित मिति : 16:05