१ असार २०८३, सोमबार | Mon Jun 15 2026

जनार्दन शर्मा भन्छन्ः राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छन्, गठबन्धनबाटै सहमति हुन्छ

२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले सत्ता गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने दाबी गरेका छन् ।

संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले भने, ‘राजनीतिक व्यक्तिबाटै राष्ट्रपति निर्वाचित हुन्छ। गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन।’

शर्माले भने, ‘हाम्रो बैठकमा राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल भएको छैन । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छन् र गठबन्धनबाटै सहमति खोजिन्छ।’

प्रकाशित मिति : February 10, 2023 at 4:55 pm