७ असार २०८३, आइतबार | Sun Jun 21 2026

शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित यी प्रस्ताव पारित

२५ माघ, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा सम्पन्न भएको हो ।

सो सभाले आर्थिक वर्ष २०७८।७९ को बार्षिक साधारणसभामार्फत हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

साथै, अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि प्रस्ताव, बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८।०७९ को लेखा परिक्षण प्रतिवेदनसहितको बार्षिक वित्तीय विवरण, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी दिने लगायतका प्रस्तावहरु सभाले पारित गरेको छ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १७ गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो । यसकाे अर्थ माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : February 9, 2023 at 10:00 am