२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

भारतबाट हेलमेटमा लुकाएर ल्याउदै गरेको १८ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमा

२६ माघ, काठमाडाैँ । हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बीरगंज रक्सौला सडकखण्डबाट माघ २५ गते दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने २६ वर्षिय राकेश कुमार र २७ वर्षिय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

भातरीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला परेका थियो । साथै फेला पारिएको नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाईएको छ ।

प्रकाशित मिति : February 9, 2023 at 9:04 am