१ असार २०८३, सोमबार | Mon Jun 15 2026

एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्नेः गगन थापा

२५ माघ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न नहुने जिकीर गरेका छन् ।

लोकतन्त्र संवाद केन्द्र काठमाडौंले बुधबार आयोजना गरेको ‘ आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति भए संविधानले नदिएको शक्तिको अभ्यास हुने दाबी गरेका हुन् ।

विगतमा भएका प्रतिनिधिसभा विघटन हुँदा र अड्किएका विधेयक र अध्यादेशलाई नियल्दा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएमा ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने उनको टिप्पणी छ ।

राष्ट्रपतिलाई एमालेले आफ्नो कार्यकर्ता बनाएको आरोपसमेत लगाएका महामन्त्री थापाले अब पनि एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने जिकीर गरे ।

प्रकाशित मिति : February 8, 2023 at 4:50 pm