२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

टर्कीको विदेश मन्त्रीलाई टेलिफोन वार्तागरी नेपालको तर्फबाट परराष्ट्रमन्त्री पौड्यालले दिइन समवेदना

२५ माघ, काठमाडाैँ । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले आज टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गर्नुभएको छ ।

आज दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गर्नुभयो ।

नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तीमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गर्नुभयो ।

टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भुकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिनुहुँदै उहाँले नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । सोमबार विहान टर्कीमा गएको ७ .८ म्याग्निच्युटको भुकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १६:३६