२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने, राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने

२५ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उनीहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री दाहालले भने, “उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्छाैँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ । सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ । सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौ ।”

भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएका ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएकाे सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १२:४५