२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमाले बागमतीको छैटौँ बैठक माघ २९ मा, नेताहरूबाट ९ बुँदामा केन्द्रीत भएर रिपोर्टिङ लिने

२५ माघ, काठमाडाैँ । नेकपा (एमाले)को बागमती प्रदेश कमिटीको छैटौँ पूर्ण बैठक निर्धारित मितिमै हुने भएको छ । आकस्मिक रूपमा केन्द्रीय कमिटीको बैठक डाकिएपछि स्थगित भएको बैठक फेरि आकस्मिक रूपमै केन्द्रीय कमिटीको बैठक स्थगित भएपछि पुनः पुरानै मितिमा बस्ने गरी तय भएको छ ।

एमाले बागमतीका अध्यक्ष केशवराज पाण्डेले तुलसीलाल स्मृतिहल च्यासल ललितपुरमा माघ २९ र फागुन १ गते बस्ने गरी प्रदेश संगठन कमिटीको पूर्ण बैठक बोलाइएको जानकारी दिए ।

बैठक माघ २९ गते बिहान ११ बजे सुरू हुनेछ । बैठकमा सबै जिल्लाको जिल्लागत प्रतिवेदन ९ वटा बुँदामा केन्द्रीत भएर राख्नेगरी सम्बन्धित जिम्मेवारहरूलाई निर्देशन दिइएको पाण्डेले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १०:१०