१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

नेप्सेमा २ म्युचुअल फण्डको १९ करोड ९२ लाख इकाई सूचीकृत

२४ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा म्युचुअल फण्डको १९ करोड ९२ लाख इकाई सूचीकृत भएकाे छ । नेप्सेमा एनआईबिएल एस क्यापिटल लिमिटेड र सानिमा क्यापिटल लिमिटेडकाे इकाई सूचीकृत भएकाे हाे ।

नेप्सेमा सानिमा क्यापिटल लिमिटेडकाे १० रुपैयाँ अंकित दरका कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाइ सूचीकृत सूचीकृत भएकाे हाे । यस फण्डले दाेस्राे बजारमा काराेबारका लागि SAGF सिम्बाेल पाएकाे छ  ।  यो योजना सानिमा क्यापिटलको सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।

त्यसैगरी, एनआईबिएल ग्रोथ फन्डका १० रुपैयाँ अंकित दरका कुल १३ करोड २० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। यो योजना एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।  दाेस्राे बजारमा काराेबारका लागि याे फण्डले NIBLGF सिम्बाेल प्राप्त गरेकाे छ । नेप्सेमा सूचीकृत भएसँगै अब यी दुवै म्युचुअल फन्ड भोलि बुधबारदेखि कारोबारमा आउनेछन्।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १४:०९