१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

टिप्परमा स्कुटर ठोक्किँदा धादिङकी संगमको मृत्यु

२४ माघ, धादिङ। धादिङ थाक्रेममा टिप्परसँग स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ मा टिप्परसँग स्कुटर ठोक्किँदा स्कुटर चालक थाक्रे गाउँपालिका–११ कि १५ वर्षीय संगम लामाको मृत्यु भएको प्रहरी चौकी महादेववेशीले जनाएको छ ।

टिप्परसँग स्कुटर ठोक्किएपछि गम्भीर घाइते भएकी लामाको शाही बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौँबाट गजुरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ५१११ नम्बरको स्कुटर पार्किङमा राखेको बा ४ ख २६५४ नम्बरको टिप्परको पछाडि सोमबार मध्यराति ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार ११:२८