६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

चालु आर्थिक वर्षकाे ६ महिनामा आयात २०.७ प्रतिशतले घट्याे, निर्यात कति ?

२३ माघ, काठमाडाैं । चालु आर्थिक वर्षकाे ६ महिनामा आयात र निर्यात दुवै घटेकाे छ । साेमबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे उक्त तथ्याङ्क अनुसार २०७९ साउनदेखि पुस मसान्तसम्म आयात २०.७ प्रतिशतले घटेकाे छ भने निर्यात पनि ३२ प्रतिशतले घटेकाे छ । पछिल्लाे ६ महिनामा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १७:०१