साेमबार एनआइसी एशिया बैंकसहित यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
२३ माघ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा झिनाे अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.५७ अकंले बढेर २१००.६५ बिन्दुमा बन्द भएको छ ।
आज २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँको कारोबार भएको छ । यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, युनिभर्सल पावरको ५ करोड ३५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ८९ लाख, हिमालयन डिष्टिलरीको ४ करोड ७७ लाख र आदर्श लघुवित्तको प्रोमोटर शेयरको ४ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १५:१५












