सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँडः कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा
२३ माघ, काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज माघ २३ गते बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीले गत माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँमध्ये १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता बिक्री गरेको थियो।
त्यसमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
उक्त आईपीओमा १३ लाख ४ हजार २०८ आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६३० कित्ताका लागि आवेदन परेकाे थियाे। तीमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट परेको १ करोड ४४ लाख ४६ हजार ५६० कित्ता सेयर सदर भएको छ। बाँकी ४ हजार ५१५ आवेदकबाट परेको ८१ हजार ७० कित्ता सेयर बदर भएको छ।
मागभन्दा बढी आवेदन परिसकेकाे हुँदा आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। भने ११ लाख २४ हजार ३९३ आवेदकको हात खाली भएको छ। याे आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरो शेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १४:२८












