१ असार २०८३, सोमबार | Mon Jun 15 2026

रवि लामिछाने मनिष झाहरूको पियनका लागि पनि लायक रहेनछनः डम्बर साहु

स्वतन्त्र उम्मेदवार अभियानका संयोजक डम्बर साहुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोही पार्टीका पाँच नेताको पियन हुन पनि लायक नरहेको टिप्पणी गरेका छन । उनले पाँच नेताको नामै लिएर ती नेतालाई तत्काल रास्वपाबाट राजिनामा दिन आग्रह गरेका छन ।

चुनाव अघि स्वतन्त्र उम्मेदवार अभियान चलाएर देशभर विभिन्न कार्यक्रम लिएर प्रमुख पार्टीका नेताहरूको विरूद्धमा नो नट अगेन भनेर अभियान चलाउन समेत सहयोगी भूमिका खेलाका साहुले आइतबार दिउँसो लामिछानेको पत्रकार सम्मेलनपछि सामाजिक सञ्जाल मार्फत मनिष झा, शिशिर खनाल, बिराज भट्ट, सिमोना श्रेष्ठ, गणेश कार्कीको नामै लिएर रवि लामिछाने उनीहरूको पियनका लागि पनि लायक नभएको उल्लेख गरेका छन ।

उनले भनेका छन, ‘मनिष झा, शिशिर खनाल, बिराज भट्ट, सिमोना श्रेष्ठ, गणेश कार्की….लगाएतका साथीहरू, तपाइहरुले आजै पार्टी छोड्नुस। रविले तपाईहरुलाई पनि डुबाउने भए। आज प्रमाणीत भयो, रविको औकात-बुझाई-हैसियत तपाईहरुको पियन बन्न लाएक पनि रहेन छ।’

प्रकाशित मिति : February 5, 2023 at 8:01 pm