सेयरधनीकाे हात खालि बनाउँदै न्यादी हाइड्रोपावरले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?
२२ माघ, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले १५ औं वार्षिक साधारणसभा चैत ६ गते सोमबार दिउँसो ११ बजे कार्की ब्याक्वेट बबरमहल, काठमाडौंमा बाेलाएकाे हाे । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूकाे लागि लााभांश वितरण नगर्ने भएको छ । याे हिसावले याे बर्ष सेयरधनीहरूकाे हात खालि रहने छ ।
सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी एक जना महिला सञ्चालक समिति दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने तयारी गरेको छ ।
यस्तै सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने र लेखा परीक्षण समितिको सिफारिस अनुसार आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १९ गतेदेखि चैत ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ फागुन १८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १६:५३












