झिनो अंकले बढ्याे सेयर बजार, १ अर्ब ९३ करोडकाे काराेबार
२२ माघ, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । गत साताको अन्तिम कारोबारको दिन ओरालो लागेर बन्द भएको सेयर बजारमा यो साताको सुरुवातमा झिनो अंकले बढेकाे हाे ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २०९६.०८ बिन्दुमा बन्द भएको छ । आज २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कूल १३ उपसमूहमध्ये ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे हाे ।
यस दिन नेपाल लाइफ इन्स्योरेन्सकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकाारत्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय २१ रूपैयाँ ७० पैसा पुगेकाे छ । यस दिन इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १५:२८












