१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

तेह्रथुम पावर कम्पनीको नाफामा पहिरो, खुद नाफा ९६ प्रतिशतले घट्दा प्रतिसेयर आम्दानी कति ?

२२ माघ, काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।  दोस्रो त्रैमाससम्ममा कम्पनीले ६ लाख ६२ हजार रुपैयाँ नाफामा छ । यो नाफा गत वर्षको भन्दा ९६.१४ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड ७१ लाख ७९ हजार रुपैयाँ नाफा कमाएकाे थियो ।

याे अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ४.२४ प्रतिशतले घटेर ८ करोड २७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ९ करोड ६४ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको र जगेडा कोषको आकार ९ करोड ७५ लाख ३३ हजार रुपैयाँ नकारात्मक रहेको छ । याे अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ३३ पैसा र प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १४:००