रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक जारी
२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक जारी भएको छ। पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि सुरू भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिने बताइएको छ।
पार्टीको बैठक बस्नुअघि रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । बैठकपछि सभापति लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
प्रकाशित मिति : February 5, 2023 at 12:52 pm









