१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

२२ माघ, काठमाडाैं ।  बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज माघ २२ गतेबाट बिक्री खुला गरिएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेकाे हाे । कम्पनीले सर्वसाधारणका लागि भने फागुन १८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने छ ।

संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न लागेको हो। जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो।

संस्थाले जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बार्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १०:४०