१ असार २०८३, सोमबार | Mon Jun 15 2026

प्रचण्डको सन्देश बोकेर माधव नेपाल भेट्न तिनकुने पुगे उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

२० माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री  नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री प्रचण्को सन्देश बोकेर एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।

आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न श्रेष्ठ पुगेका हुन् ।

सत्तारुढ गठबन्धनमा दरार बढिरहेका बेला श्रेष्ठ माधव नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि बिहीबार माओवादीको बैठक चलिरहँदा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडा पुगेका थिए ।

प्रकाशित मिति : February 3, 2023 at 4:26 pm