३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

छुट्ला है ! एक कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


१९ माघ, काठमाडाैं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज माघ १९ गते, बिहीबार अन्तिम दिन रहेकाे छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि माघ २० बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ १९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे २१ औँ वार्षिक साधारण सभा माघ २७ गते गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभाले गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १२:०७