५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लगानीकर्ता डुबाउने अभियानमा लागेका कामना सेवाका सीईओ प्रवीण बस्नेत पक्राउ


१९ माघ, काठमाडाैं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

आफू सीईओ रहँदा बस्नेतले विभिन्न कर्मचारीहरुसँग मिलेर झापामा नक्कली ऋणी तयार पारेर ऋण दिएको भेटिएपछि राष्ट्र बैंकको सिफारिसमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अहिले अनुसन्धान गरिरहेको छ । प्रहरीले बस्नेतसहित बैंकका ११ जनाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। बाँकीको भने खोजीकार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १०:०८