२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बीमा संस्थान र बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सक्न निर्देशन

१६ माघ, काठमाडाैं । अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०८० साल वैशाख १६ भित्रमा लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन्।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि लेखा परीक्षण हुन बाँकी छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : January 30, 2023 at 6:49 pm