१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

गृहमन्त्री काे बनेपछि थाहा हुन्छः प्रधानमन्त्री प्रचण्ड

१६ माघ, काठमाडौं । रवि लामिछाने पदमुक्त भएपछि अहिले गृह मन्त्रालय रिक्त छ। आइतबार नागरिकता लिएलगत्तै पार्टी सभापति बनेका लामिछाने नै पुनः गृहमन्त्री बन्ने की अरू कसैलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको छ। तर अहिलेसम्म कसलाई बनाउने भन्ने सहमति भने भएकाे छैन् ।

गृहमन्त्रालय आफैंले राख्ने रणनीति बनाएको माओवादी केन्द्रको सोमबार पदाधिकारी बैठक बसेको छ। बैठकपछि बहिरिने क्रममा सञ्चारकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउनुहुन्छ? भनेर प्रश्न गरेका थिए । सञ्चारकर्मीहरुको उक्त प्रश्नमा प्रधानमन्त्री प्रचण्डले छाेटाे उत्तर दिंदै भने, ‘बनेपछि थाहा हुन्छ।’

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १४:५०