१ असार २०८३, सोमबार | Mon Jun 15 2026

पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न एमाले खोटाङको माग

१६ माघ, खोटाङ । नेकपा एमाले खोटाङले सडक तथा पुल निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्याको माग गरेको छ । बराहपोखरीमा सम्पन्न जिल्ला कमिटिको बैठकले जिल्लाका ठूला र महत्व राख्ने सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीको विरोध गर्दै यथाशीघ्र निर्माणको माग गर्ने निर्णय गरेको हो ।

एमालेले गाईघाट–दिक्तेल सडक, मध्यपहाडी लोकमार्ग, दिक्तेल–आहाले–रेग्मीटार सडक, दिक्तेल–खोटाङबजार सडक, साप्सु खोला–पान्धारे सडक, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक, धाप्लाङघाट, बंशिलाघाट, मुलघाट, घोपाटार, लिदिङ खोला, सिलौरीघाट, कसावा खोला पुल लगायतका संरचना चाँडोभन्दा चाँडो निर्माणको माग गरेको हो । जिल्लाका विकास निर्माणमा भएको ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचार विरुद्ध योजनावद्ध आन्दोलनमा उत्रने निर्णय गरिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

यस्तै, नेपाल सरकारले सय गन्तव्यस्थलको सूचीमा समावेश गरेको पर्यटकीय स्थल बराहपोखरीको समृद्धिका लागि नेतृत्व गर्न प्रतिवद्धता जाहेर गरिएको एमालेले जनाएको छ । सुन्दर पर्यटकीय बराह ताललाई आकर्षक पर्यटकीय गन्तत्वको रुपमा विकास गर्न पार्टीकातर्फबाट पहल गर्ने एमालेले निर्णय गरेको हो ।

बैठकले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा सञ्चालित लिफ्टिङ खानेपानी योजना बन्द भएकाले उक्त लिफ्टिङ खानेपानी सुचारु गर्न पहल गर्ने प्रतिवद्धता जनाएको छ । एमालेले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश (क)मा निर्वाचित पिके राईलाई बधाई ज्ञापन गरेको छ ।

प्रकाशित मिति : January 30, 2023 at 1:29 pm